आइसिटी दिवसमा क्यान महासंघको ‘गो डिजिटल-गो क्यासलेस’ वेबिनार

काठमाडौं, १८ बैशाख । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको स्थापना दिवसको अवसरमा मे २ लाई आइसिटी दिवसको रुपमा मनाउदै आएको छ ।

क्यान महासंघको अगुवाईमा प्रभातफेरी लगायत विविध कार्यक्रम गरि मनाउँदै आएपनि यसवर्षभने यस वर्ष कोरोना नियन्त्रणको लागि भएको लकडाउनको कारण अनलाइन कार्यक्रम गर्ने भएको छ ।

यस वर्ष कोरोनाको कारण सरकारको तर्फबाट कुनै आधिकारिक कार्यक्रम राखिएको छैन । अन्य विभिन्न संस्था तथा समुहहरुले पनि अनलाइन छलफल, अन्तरक्रिया कार्यक्रम आयोजना गरिरहेका छन ।

क्यान महासंघले गो डिजिटल शिर्षकमा विभिन्न वेबिनारको आयोजना गर्दैछ । मे २ अर्थात बैशाख २० गते क्यान महासंघले गो डिजिटल, गो क्यासलेस शिर्षकमा पहिलो वेबिनार सञ्चालन गर्नेछ ।

पहिलो कार्यक्रममा डिजिटल पेमेन्टका विषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ ।

यस कार्यक्रम प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अली, राष्ट्र बैंकका निदेशक सुवास घिमिरे, नेपाल क्लियरिङ हाउसका सिइयो निलेश मान सिंह प्रधान र बैंकर एसोसिएसन नेपालका आइसिटी कमिटीका अध्यक्ष नारायण भुजुसँग एनटिएका वरिष्ठ निर्देशक आनन्दराज खनालले प्यानल डिस्कसन सञ्चालन गर्नेछन् ।

कार्यक्रममा सहभागी हुन ID: 915 3095 0214 प्रयोग गरी जुम वेबिनारमा सहभागी हुन सकिनेछ । यसैगरी क्यानले मे ४, मे ६, मे ८ र मे १० मा पनि विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here