रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं, १९ बैशाख । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । भाइरसको संक्रमण देखिएपछि उनलाई अस्पाल भर्ना गरिएको छ ।

मिखाइल गत जनवरी महिनामा रुसका प्रधानमन्त्री बनेका थिए र हाल कोरोना महामारी विरुद्ध एकदम सक्रियतापूर्वक लागिपरेका थिए ।

रुसी प्रधानमन्त्रीमा कोभिड–१९ टेस्ट त्यही दिन पोजिटिभ देखिएको हो जुन दिन रुसमा संक्रमणको ७ हजार ८ नयाँ मामलाहरु देखा परेका थिए । यसका साथै रुसमा कोरोना भाइरस संक्रमितहरुको संख्या १ लाख नाघेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here