लकडाउनमा मनोरञ्जनको लागि इन्टरनेटको प्रयोग धेरै, युट्यूब प्रयोगकर्ता ७५.६ प्रतिशत वृद्धि

काठमाडौं, १९ बैशाख । नेपालमा कोरोनाभाइरसका कारण लकडाउन घोषणा गरिएयता मनोरञ्जनको लागि इन्टरनेट प्रयोग गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

दूरसञ्चार प्राधिकरणको अनुसार मनोरञ्जनको लागि फेसबुकभन्दा गुगलमार्फत् भिडियो हेर्ने प्रयोकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

७४ प्रतिशतले मनोरञ्जनको लागि इन्टरनेट प्रयोग गरेका छन् । जसमध्ये सबैभन्दा धेरैले युट्युब, फेसबुक, भाइबर, टिकटक, व्हाट्सएप , इन्स्टाग्राम , ट्विटर चलाउँछन्

लकडाउनपछिको तथ्याङ्क हेर्दा ७५.६ प्रतिशतले युट्यूब, ७४ प्रतिशतले फेसबुक, ४० प्रतिशतले इन्स्टाग्राम अनि १८ प्रतिशतले टिकटकका प्रयोगकर्ता बढेका प्रधिकरणको दाबी छ ।

त्यस्तै एक सर्वेक्षण अनुसार लकडाउनको समयमा ३४.५३ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक ४ देखि ६ घण्टा इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ ।

लकडाउन भन्दा अगाडि ४६.३४ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक १ देखि ३ घण्टासम्म इन्टरनेट प्रयोग गर्ने गरेका थिए ।

लकडाउनमा १ घण्टा भन्दा कम समय इन्टरनेट प्रयोग गर्नेको संख्या १.३८ प्रतिशत रहेको छ । भने ८.६३ प्रतिशत मानिसले दैनिक १२ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेको सर्वेक्षणमा देखिएको छ ।

जबकि लकडाउन अघि ७.९८ प्रतिशत मानिसले दैनिक १ घण्टा भन्दा कम तथा २.२८ प्रतिशत मानिसले दैनिक १२ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेका थिए ।

यस सर्वेक्षणमा ८७.१ प्रतिशत मानिसले मोबाइल फोनबाट, १०.६ प्रतिशत मानिसले कम्प्युटर तथा २.३ प्रतिशत मानिसले ट्याबलेटबाट इन्टरनेट प्रयोग गर्ने गरेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here