डाबर नेपालको इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर बजारमा

काठमाडौं, १९ बैशाख । डाबर नेपालले डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर नेपाली बजारमा ल्याएको छ ।

डाबरले अल्कोहल बेस्ड ह्यान्ड स्यानिटाईजर बजारमा ल्याएको हो । ८० प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाईजरले डिडिएका सबै मापदण्ड पुरा गरेको डाबरले दाबी गरेको छ ।

प्रारम्भिक चरणमा प्रमुख सुपरमार्केट र इ–कमर्स साईटहरुमा मात्रै उपलब्ध हुने यस स्यानिटाईजरले साबुन पानीको प्रयोग बिना नै हानिकारक किटाणुहरुबाट सुरक्षा दिने डाबरले बताएको छ ।

हाल १५० एम एल स्यानिटाईजरको बजार मूल्य १७५ रुपैया रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here