कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो, संक्रमित ३४ लाख नजिक

काठमाडौं, २० बैशाख । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर २ लाख ३९ हजार नाघेको छ।

शनिबार बिहान सम्मको तथ्यांकअनुसार विश्वभर यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४ सय ४३ पुगेको हो।

अहिलेसम्म संक्रमितको संख्या ३३ लाख ९८ हजार ४ सय ५८ पुगेको छ। गएको २४ घन्टामा विश्वभर ९४ हजार ५ सय ३७ जना नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ।

१० लाख ८० हजार १ सय १ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६५ हजार ७ सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ११ लाख ३१ हजार १५ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३७ हजार २ सय ५७ पुगेको छ भने अहिलेसम्म १ हजार २ सय २३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५९ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here