काठमाडौं । मृत्युको हल्लाबीच उत्तर कोरियाका शासक किम जोङ उन सार्वजनिक भएका छन्।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि शुक्रबार सार्वजनिक रुपमा देखिएका हुन्।
अप्रिल ११ तारिखका दिन सरकारी बैठकमा उपस्थित भएपनि उनी सार्वजनिक रुपमा देखिएका थिएनन्। पश्चिमा मिडियाहरुले किम गम्भीर बिरामी परेको वा मृत्यु नै भएको हुनसक्ने अनुमान गर्दै समाचार प्रकाशित गरेको थिए ।
उत्तर कोरियाली शासक किमको मृत्युको हल्ला र वास्तविकता उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएअनुसार किमले हिजो शुक्रबार एक मल कम्पनी उद्घाटनमा रिबन काटेका छन्।
पिता किम जोन इलको सन् २०११ हृदयाघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी किम परिवारका तेस्रो पुस्ताका शासक हुन्। एजेन्सी