सुरक्षाकर्मीलाई सहयोग गर्दै दोधारा चाँदनीका कुमाल दाजुभाई

दोधारा,२० बैशाख । सरकारले घोषणा गरेको लकडाउनको पालना गराउन चर्को घाममा दिन भर सडक तथा सिमानामा डियुटीमा खटिएका सुरक्षाकर्मीहरुलाई सडक तथा सिमानामै पुगेर पानी, खानेकुरा मास्क तथा सेनिटाईजर सामग्री वितरण गरिएको छ ।

नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उनका दाई तथा मुनलाईट हार्डवेरका प्रो. कल्लु कुमालले हिजो देखी माहाकाली नगरपालिकामा भोक प्यास नभनी चर्को घाममा सडक तथा सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई पानी, खानेकुरा मास्क तथा सेनिटाईजर सामग्री वितरण गरेका छन् ।

हिजो माहाकाली नगरपालिका वडा नं. १ स्थित रहेको सशस्त्र प्रहरी अस्थायी ब्यास क्याम्प लगाएत सिमा तथा सडकमा खटिएका सुरक्षाकर्मीहरुलाई नेपाल–भारत सिमा क्षेत्रमै पुगेर उक्त सामग्री प्रदान गरेको हुन् ।

कोरोनाबाट हामीलाई जोगाउन आफै असुरक्षित रही भोक प्यास नभनी जनताको सुरक्षार्थ खटिदै आएका माहाकाली नगरपालिकाका सुरक्षाकर्मीहरुलाई माहाकाली नगरपालिका संग समन्वय गरि सुरक्षार्थ नेपाल–भारत सिमा क्षेत्र तथा सडकमै आफै पुगी पानी, खानेकुरा मास्क तथा सेनिटाईजर सामग्री बितरण गरेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

कोभिड १९ को संक्रमणलाई रोक्न तथा माहाकालीबासीको समस्यालाई हल गर्न नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उनका दाई तथा मुनलाईट हार्डवेरका प्रो. कल्लु कुमालले माहाकाली नगरपालिकालाई निकै ठुलो गुन लगाएको बताएका छन् ।

दुबै भाईहरुले माहाकाली नगरपालिकाका सरकारलाई बिगतका दिनहरु देखी सघाउदै आउनुभएको छ््’ माहाकाली नगरपवालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने– ‘दुबै भाईहरुलाई माहाकाली नगरपालिकाले उच्च सम्मान गरेको छ् ।’

लकडाउनले गर्दा खाजा खाने त पर नै जावस पानी किनेर खाने पसल सम्म नखुलेको समयमा दुबै भाईहरुले दिन रात जनताको सेवामा खटिदै आएका सुरक्षाकर्मीहरुलाई पानी, खानेकुरा मास्क तथा सेनिटाईजर बितरण गर्न थालेपछि स्थानियहरुले भिम कुमाल र कल्लु कुमाललाई धन्यबाद दिएका छन् ।

नेकपा माहाकाली नगर सचिव तथा दाता भिम कुमालले कोभिड १९ को संक्रमण रोक्न फ्रन्ट लाईनमा उभिएका सुरक्षाकर्मी वर्षा तथा गर्मीमा ड्युटी गर्दै आएको भन्दै सुरक्षाकर्मीहरुलाई आफुहरुले थोरै भएपनि सहयोग गर्न पाएको भन्दै समय समयमा सुरक्षाकर्मीहरुलाई आफुहरुले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

सामाजिक कार्यमा अग्रपंक्तीमा देखिएका कुमाल भाईहरलाई माहाकालीका सुरक्षाकर्मीहरुले समेत धन्यबाद दिएका छन् । यस अघि २० पेटी चाउचाउ, २० पेटी बिस्कुट र चेक रु. ५० हजार माहाकाली नगरपालिकालाई प्रदान गरिसकेका छन भने, प्राथमिक स्वास्थ्य केन्द्रलाई पिपिइ सेट, सेनिटाइजर, मास्क, ग्लब्स लगाएत समाग्री प्रदान गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here