लकडाउनमा २४.६५ प्रतिशत उद्योग नियमित सञ्चालन

काठमाडौं, २० बैशाख । कोरोना भाइरसको जोखिम कम गर्न गरिएको लकडाउन जारी रहेको छ ।

तेस्रोपटक थप गरेको लकडाउन बैशाख २५ गते सकिदैछ । अब थप हुने कि नहुने भन्नेमा आम सर्वसाधारणको चाँसोको विषय लक डाउननै परेको छ ।

यसको प्रभाव उड्डयन,पर्यटन, होटल, उद्योग, कलकारखाना लगायत धेरै क्षेत्रमा परेको छ । सरकारले लकडाउनको अवधिमा २४.६५ प्रतिशत उद्योगहरु नियमितरुपमा सञ्चालनमा रहेको पाइएको छ।

आंशिकरुपमा १५ प्रतिशत उद्योग सुचारु भए पनि करिव ६० प्रतिशत उद्योगले पूर्ण रुपमा लकडाउनको पालना गरेको सर्वेक्षणमा पाइएको थियो।

सरकारले औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध र इन्धन उत्पादन गर्ने उद्योगबाहेक नीजि क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

सर्वेक्षणअनुसार ५२.९६ प्रतिशत उद्योग सामाजिक सुरक्षा कोषमा सूचीकरण भएको र जसमध्ये १५.५२ प्रतिशतले मात्र उद्योगमा कार्यरत श्रमिक मात्र कोषमा सूचीकरण भएको पाइएको छ। कोषमा सूचीकरण नभएका उद्योग तथा श्रमिकले सरकारले ल्याएको प्याकेजबाट वञ्जित भएका छन्।

कोषमा आबद्ध भएका उद्योग र श्रमिकले व्यहोर्नुपर्ने चैत महिनाका योगदान रकम सरकार आफैँले तिरिदिएको छ। त्यसका लागि सरकारले करिब रु १९ करोड कोषलाई निकासा गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here