कोरोना विरुद्धको लडाईमा उत्कृष्ट काम गर्ने पाँच महिलाको सूचीमा नेपालकी रुना झा

काठमाडौं, २० बैशाख । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा.रुना झा कोरोना विरुद्धको लडाईमा उत्कृष्ट काम गर्ने पाँच महिलाको सूचीमा परेकी छिन् ।

संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको कोरोना नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको पर्न सफल भएकी हुन् ।

नेपालको कोरोना विरुद्धको लडाईंमा सुरुदेखि नै आफ्नो नेतृत्वमा चुनौतीकाबीच काममा सफलताका साथ खटिरहेको र उनको टीमले पनि कोरोना विरुद्धको लडाइमा राम्रो काम गरिरहेको भन्दै उनलाई विश्वको ५ महिलामा समावेश गरिएको युएन वुमनले जनाएको छ ।

उनीसँगै काजिकस्तान, चीन, जोर्डन, क्यारावियनलगायतका महिला उक्त छनौटमा समाबेश भएकी छिन । चीनको वुहानबाट ल्याइएको १ सय ७५ विद्यार्थीलाई क्वारेन्टाइनमा राखेपछि पहिलो पटक प्रवेश गर्ने टोलीमा झाको टोली परेको थियो ।

उनले अहिले नेपालमा कोभिड–१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here