कुन-कुन अस्पतालबाट हुँदैछ पीसीआर विधिबाट कोरोना परीक्षण ? (सूचीसहित)

काठमाडौं, २० बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको परीक्षण दायर बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिंगको क्रममा शनिबारबाट प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा शनिवारबाट पीसीआर विधिबाट नमूना परीक्षण सुरु गरेको जनाएको हो ।

योसँगै देशभरका १७ अस्पतालबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण सुरु भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणा सेती प्रादेशिक अस्पताल, धनगढी, प्रादेशिक प्रयोगशाला ,सुर्खेत, राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र, भैरहवा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर कोभिड-१९ डायग्नोस्टिक प्रयोगशाला चितवन, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडा,बाट भै रहेको छ ।

त्यस्तै काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल, धुलिखेल, जनकपुर प्रादेशिक अस्पताल जनकपुर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल विराटनगर, वीर अस्पताल काठमाडौं, पाटन अस्प्ताल, ललितपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलगायतमा पनि कोरोना परीक्षण भइहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here