काठमाडौं, २० बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको हो ।
अर्को सचिवालय बैठक वैशाख २४ गते बस्ने गरी आजको बैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।