नेकपाभित्रको विवाद ‘थामथुम’, बैशाख २५ गते स्थायी समिति बैठक

काठमाडौं, २० बैशाख । प्रचण्ड–नेपाल पक्ष नरम र अध्यक्षको आत्मालोचनापछि नेकपाभित्र देखिएको विवाद हाललाई थामथुम पारिएको छ।

विवाद थामथुम पार्दै सचिवालय बैठकले आन्तरिक विवादमा छलफल गर्न वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।

बालुवाटारमा भर्खरै सम्पन्न सचिवालय बैठकले सदस्यहरुको माग अनुसार स्थायी समिति तय गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए भने प्रचण्डसहितका अन्य नेताहरुले पनि आत्माआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here