कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार, एकैदिन ८२ हजार संक्रमित थपिए

काठमाडौं, २१ बैशाख । विश्वभर कोरोना संक्रमितको संख्या ३४ लाख नाघेको छ ।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ३४ लाख ८० हजार २ सय ३४ पुगेको छ। विश्वभर कोरोनाको संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ६ सय पुगेको छ।

वल्डोमिटरले प्रकाशित गरेको विगत २४ घण्टामा संसारभर ८२ हजार १ सय ४० जना नयाँ संक्रमित भेटिएका छन्। स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ संक्रमित रहेका छन्।

त्यहाँ २५ हजार एक सयको ज्यान गएको छ। इटालीमा २ लाख ९ हजार ३ सय २८ जनामा संक्रमण भेटिएको छ भने २८ हजार ७ सय १०को ज्यान गएको छ। अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६७ हजार ४ सय पुगेको छ। गत २४ घण्टामा अमेरिकामा १६ सय ४७ जनाको ज्यान गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here