तेल निर्यातकर्ता मुलुकमा आर्थिक संकट, विदेशी मुद्रा सञ्चिती २० वर्षयताकै न्यून

काठमाडौं, २१ बैशाख । विश्वकै ठूलो तेल निर्यातकर्ता मुलुक साउदी अरेबियाको अर्थव्यवस्था संकटमा परेको छ ।

कोरोना भाइरसका कारण साउदी अरबको विदेशी मुद्रा सञ्चिती पनि २० वर्षयताकै सबैभन्दा तल्लो विन्दुमा पुगेको वित्तमन्त्री मोहम्मद अल जदानले बताएका छन् ।

अल अरबिया टीभीसँगको अन्तर्वार्तामा वित्तमन्त्री अल जदानले तेलको मागसँगै मूल्यमा आएको भारी गिरावटका कारण आफ्नो विदेशी सम्पत्ती ४६४ अर्ब डलरले घटेको बताए ।

‘कोरोनाको असर यो वर्ष दोस्रो त्रैमासको अर्थव्यवस्थामा स्पष्ट रुपमा देखिनेछ’, उनले भने, ‘साउदको वित्त मामिलाहरुमा टाइट गरिनेछ ता कि सबै कुरा अझै अनुशासित होस्।’

मार्चमा साउदी अबको विदेशी सम्पत्तिमा ४६४ अर्ब डलरको गिरावट आएको छ।

साउदी अबरको केन्द्रीय बैंकले विदेशी मुद्रा भण्डारमा आएको यो गिरावट पछिल्लो २० वर्षयताकै सबैभन्दा बढी हो। यसअघि सन् २०११ पनि यो सबैभन्दा तल्लोस्तरमा थियो।

तेलको मूल्यमा आएको गिरावटपछि पहिलो त्रैमासमा ९ अर्ब डलरको बजेट घाटा साउदीले व्यहोरेको थियो। यो वर्षको सुरुआतमा तेलको मूल्य ६० डलर प्रतिब्यारल रहेकोमा अहिले २० डलर प्रतिव्यारलमा झरेको छ।

तेलको मूल्यमा आएको गिरावटले पहिलो त्रैमासमा ९ अर्ब बिलियन डलरको बजेट घाटा रहेको छ। जादानले गत महिना भनेका थिए कि साउदी अरेबियाले आफ्नो विदेशी विनिमय सञ्चितलाई सन्तुलित राख्न यस वर्ष २६ अर्व डलर ऋण लिन सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here