लकडाउनको स्वरुप बदल्ने तयारी, सीमा क्षेत्रमा थप कडाइ

काठमाडौं, २१ बैशाख । सरकारले आह्वान गरेको लकडाउन ४१ दिन पूरा भइसकेको छ । पछिल्लो पटक थप गरेको लकडाउन २५ गते सकिदैछ ।

त्यसपछि थप गर्ने वा खुकुलो बनाउने भन्नेमा मन्त्रिपरिषदमा आन्तरिक गृहकार्य सुरु भएको छ । गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण विकास निर्माणलगायतका सबै काम ठप्प भए छन् ।

त्यसकारणपनि सरकारले लकडाउनलाई केही खुकुलो बनाउने गरि तयारी थालेको स्रोतले बताएको छ ।

‘सरकारले गठन गरेको कोरोना न्युनिकरण सम्बन्धी उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरिय संयन्त्रले पनि सोही अनुरुप कसरी सहज बनाउन सकिन्छ भनेर गृहकार्य गरिरहेको छ,’ स्रोतले भन्यो, ‘उक्त समितिको सिफारिसमा अबका दिनमा बस्ने मन्त्रिपरिषदका् बैंठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै आर्थिक गतिविधि चलायमान बनाउने गरी खुकुलो बनाउनेछ ।

सरकारले काठमाडौंलगायतका केही जिल्लामा लकडाउन खुकुलो बनाए पनि तत्काल सिनेमा घर, होटल रेष्टुँरा, विद्यालयभने नखुल्ने भएको छ । तर अन्य बिकाश निर्माणका आयोजनासँगै बित्तीय क्षेत्र भने खुलाउने भएको छ ।

सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्न कोरोना संक्रमणको अवस्था हेरेर गाढा रातो, रातो, पहेंलो र हरियोसहित चार जोन बनाउने भएको छ।

लकडाउन खोल्न जिल्लाहरुमा देखिएको जोखिमको आधारमा गाढा रातो, रातो, पहेंलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यसैको आधारमा क्रमश: अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्याउन लागिएको हो।

सरकारले क्षेत्रगत रुपमा लकडाउन खुकुलो बनाए पनि सीमा क्षेत्रमा भने थप कडाई गरिने भएको छ । छिमेकी राष्ट्र भारतले लकडाउनलाई २ हप्ता बढाएसँगै तराईका सिमा क्षेत्रमासमते थप लकडाउन चल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here