थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो

काठमाडौं, २१ बैशाख । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ । त्यसमध्ये १६ जना निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here