नबिल बैंकले ल्यायो घरमै बसेर निःशुल्क खाता खोल्ने सुविधा

काठमाडौं, २२ बैशाख । नबिल बैंकले अनलाइनमार्फत खाता खोली सीमित कारोबारसमेत गर्न सकिने सुविधा ल्याएको छ ।

विश्वव्यापी फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले उक्त योजना सुरु गरेको बैकले जनाएको छ ।

यसअन्तर्गत ग्राहकले घरबाटै खाता खोली इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङजस्ता सुविधाको तत्काल लाभ लिन सक्ने बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ सुविधाअन्तर्गत रिचार्र्ज गर्ने, बिल भुक्तानी, बिमा प्रिमियम भुक्तानी, रकम रकमान्तर गर्ने जस्ता कार्य मोबाइलबाटै गर्न सकिने जनाइएको छ ।

यो सुविधा कोभिड १९ संक्रमण न्यूनीकरण एवं ग्राहकको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सीमित अवधि र सीमित कारोबारका लागि प्रदान गरिएको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here