संघीय संसद सचिवालयको महासचिव भरतराज गौतम सिफारिस

काठमाडौं, २२ बैशाख । संघीय संसद सचिवालयको महासचिव डा. भरतराज गौतमलाई सिफारिस गरिएको छ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बैठकबाट सचिवालयकै सचिवलाई महासचिव सिफारिस गरेका हुन्।

सो सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनको नियुक्ती हुनेछ।

यसअघिका महासचिव मनोहर प्रसाद भटराई अवकाश भएपछि सचिवालयका अर्का सचिव गोपालनाथ योगीलाई कार्यबहाक महासचिवको जिम्मेवारी दिइएको थियो।

संसद सचिवालयका दुई सचिव योग्य हुदाँहुदै राजनीतिक सिफारिसमा सचिव भएका योगीलाई कार्यबाहक दिएको भन्दै विवाद भएको थियो। संसद् सचिवालयका कर्मचारीले पनि विरोध गरेका थिए।

‘संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम योग्यता पुगेका साविक लामाचौर ५, कास्की जिल्ला निवासी (हाल संघीय संसदको सचिवालय सचिव पदमा कार्यरत्) डा. भरतराज गौतमलाई नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको संघीय संसदको महासचिव पदमा नियुक्तीको लागि सिफारिश गर्दछौं,’ सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाद्वारा राष्ट्रपति भण्डारीलाई गरिएको सिफारिश पत्रमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here