महेश बस्नेत र सर्वेन्द्र खनालले पनि दिए मानव अधिकार आयोगमा उजुरी

काठमाडौं, २२ बैशाख । अपहरणको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ(किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।

सोमबार अधिकार आयोगको कार्यालय हरिहर भवन पुगेर उनीहरूले उनीहरुले उक्त घटना राजनीतिक भएको तर आपराधसँग जोडेर उल्टै मानवअधिकारको हनन गरेको भन्दै सत्यतथ्य छानबिनका लागि निवेदन दिएका हुन्।

उनीहरूले आफूहरू निर्दोष रहेको समेत दाबी गरेका छन्। डा यादवलाई अपहरण गरेर नभइ सहमतिमा काठमाडौं ल्याएको बताउँदै घटना विवरण आयोगमा बुझाएका छन्।

उनकै घरमा खाना खाएको, उनलाई एक्लै नल्याएर अरु ७ जना सँगै रहेको र बाटोमा उनकै पार्टी सांसदलाई समेत भेट्न दिइएको घटना विवरणले अपहरण पुष्टि नगर्ने दाबी उक्त उजुरीमा रहेको छ।

महोत्तरीस्थित घरमै रहेका समाजवादी सांसद सुरेन्द्र यादवलाई सांसदहरू बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए। समाजवादी पार्टीले सांसद यादवको अपहरण गरिएको भनेर छानबिनको माग गरिरहेको छ।

समाजवादी पार्टी फुटाउने उद्देश्यले वैशाख १० गते सांसद यादवलाई बस्नेत, श्रेष्ठ र खनालले काठमाडौं ल्याएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here