सांसद यादव अपहरणको उजुरी दर्ता

काठमाडौं, २२ बैशाख । तात्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार दिउँसो उजुरी दर्ता गरेको हो । उनको उजुरी दर्ता नम्बर १०४७ रहेको छ। महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप छ ।

अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए ।

सरकारी वकिल कार्यालयले यादवको जाहेरी लिन मानेको थिएन् । उजुरीको प्रति सरकारी वकिल कार्यालयमा छाडेर फर्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here