नेपालगन्जमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं, २३ बैशाख । नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको अनुसार नेपालगन्जमा थप सात जनामा कोरोनाभाइरस संक्रमित भेटिएका हुन् ।

उनिहरु नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीय महिला रहेका छन् । उनिहरुको स्वस्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here