भारतमा एकैदिन ४ हजार संक्रमित थपिए, एकै दिन १७५ को मृत्यु

काठमाडौं, २३ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिले बढेको छ । सोमबार एकै दिन ३९ सय ३२ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ।

संक्रमणबाट एकै दिन एक सय ७५ जनाको मृत्यु भएको छ। सोमबार भएको मृत्यु र संक्रमण भारतमा कोरोना देखिएयताकै सबैभन्दा उच्च हो।

त्यहाँ अहिलेसम्म मृतकको संख्या १५ सय ६६ पुगेको छ भने त्यहाँ अहिलेसम्म १२ हजार ८ सय ४७ जना उपचारपछि निको भएका वर्ल्डओमिटरले जनाएको छ।

भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी छ।

महाराष्ट्रमा झण्डै १३ हजार मानिसमा संक्रमण देखिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतका २७ वटा प्रान्तमा कोरोना संक्रमण देखिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here