नेपालगन्जको एउटै वडामा कोरोना संक्रमितको संख्या २३ पुग्यो

काठमाडौं, २३ बैशाख । बाँकेको नेपालगन्ज उपमहानगरपालिका एउटै वडामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ।

वडा नम्बर ८ मंगलबार थप ७ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ मात्रै संक्रमितको संख्या २३ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि आइतबार त्यही वडाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने त्यसअघि शुक्रबार १ जना कोरोना संक्रमित प्रमाणित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here