एन्टी भाइरस फिचर भएको कार निर्माण, जसमा हुने छैन संक्रमणको डर

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वको जनाताले धेरै समस्या भोगिरहेका छन् ।

भाइरसको कारण बजार, यातायात र विद्यालय बन्द छन् । सबै मानिस घरमा कैद हुन् बाध्य छन् ।

साढे २ लाख भन्दा धेरैको ज्यान गईसकेको छ । यस्तो बेला जीवनशैली नयाँ किसिमले परिवर्तन हुने अनुमान हरु चलिरहेका छन् ।

गाडी निर्माता कम्पनीहरुले मानिसमा देखिएको कोरोनाभाइरसको चिन्तालाई ध्यानमा राखेर एन्टी भाइरस फिचर भएका कारहरु निर्माण जुटेका छन्।

चीनियाँ अटो कम्पनीले कुनै पनि भाईरस र ब्याक्टेरीयामुक्त गाडी निर्माण भईरहेको जनाएको हो ।

गीली कम्पनीले यो गाडीमा बस्नेलाई एन्टी ब्याक्टेरियल फिचर्सले कोरोना संक्रमण समेत हुन नदिने दाबी गरेको छ । यस फिचरलाई ईन्टेलिजेन्ट एयर प्युरीफिकेसन नाम दिईएको छ ।

यो नयाँ मोडलको मुख्य उद्देश्य भनेको कारको क्याबिनभित्र यस्तो सुरक्षा प्रबन्ध मिलाउने हो जुन सामान्यतः मास्क लगाउँदा हुन्छ।

गिलीका अनुसार एसयुबी ०.३ माईक्रोमिटर आकारको पार्टिकलले ९५ प्रतिशत सम्म रोक्ने क्षमता यो गाडीले राख्दछ ।

प्रतिस्पर्धी कार कम्पनी गुआङ्गझो अटोमाबाइल (जीएसी) एउटा नयाँ तीनस्तरी एयर फिल्टर सिस्टम आफ्नो नयाँ कारमा समावेश गरिरहेको छ।

हेल्दी कार प्रोजेक्ट अन्तर्गत ५.२ करोड डलरको लागतमा यो कार निर्माण शुरु भएको कम्पनीले जनाएको छ । सो कम्पनीले यस्तो कारका लागि ठूलो मात्रामा माग आउन शुरु गरेको पनि जनाएको छ ।