भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो

काठमाडौं, २४ बैशाख । छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ ।

मंगलबार एकै दिन २९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म १ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ ।

भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय २७ जनाको मृत्यु भएको छ। त्यहाँ सोमबार १ सय ७५ जनाले ज्यान गुमाएका थिए।

अहिलेसम्म १४ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्। त्यहाँ ३३ हजार पाँच सय ६५ जना उपचारको क्रममा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here