मन्त्रिपरिषद बैठक बस्दै, कति थपिएला लकडाउनको अवधि ?

काठमाडौं, २४ बैशाख । कोरोना भाइरसको संक्रमण रोकधामका लागि लकडाउन लागु गरिएको लकडाउन सम्बन्धी छलफल गर्न मन्त्रिपरिषदको बैठक बुधबार बस्दैछ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सुझाव दिएपछि आज विहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक आह्वान गरिएको हो ।

उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरेको भए पनि कति दिन थप्ने भन्ने विषयमा भने बुधबारको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने छ ।

समितिले सातदेखि १० दिन लकडाउन थप गर्ने प्रस्ताव गरेको छ ।

नेपालमा गएको चैत ११ गतेदेखि लकडाउन जारी छ । चौथोपटक थप भएको लकडाउनको अवधि बिहीबार सकिने छ । सो भन्दा पहिले नै लकडाउन थप्नेबारे निर्णय मन्त्रीपरिषदले गर्न लागेको हो ।

भाइरस संक्रमित देशका विभिन्न स्थानमा देखिरहेका बेला र लकडाउन लम्बिरहेका बेला यसलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकारले स्पष्ट निर्णय गर्न सकिरहेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here