कोरोनापिडित देशका नेपालीलाई एनआरएनएले पठायो आर्थिक सहयोग

काठमाडौं, २४ बैशाख। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोनाभाइरस (कोभिड १९) पिडित देशमा आर्थिक सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार कोभिड १९ बाट बढी प्रभावित देशमध्यका थप ५ देशको लागि संघले आर्थिक सहयोग पठाएको हो ।

आर्थिक सहयोग पाउने देशहरुमा बहराईन, स्पेन, पोर्चुगल, र ईटालीलाई पाँचपाँच हजार र माल्टालाई ३ हजार डलर सहयोग गरिएको छ ।

संघले पहिलो चरणमा कुवेत, संयुक्त अरब अधिराज्य (युएई), साउदी अरब र साईप्रसमा रहेका संघका राष्ट्रिय समितिमार्फत आर्थिक सहयोग वितरण गरेको थियो ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ ।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार २७ देशमा रहेका ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here