लुकेर भारत फर्किदै गरेका मुस्लिम समुदायका ५ जना सीमा क्षेत्रबाट पक्राउ

दोधारा, २४ बैशाख । माहाकाली नगरपालिकाबाट लुकिछिपी भारत प्रवेश गर्न लागेका मुस्लिम समुदायका ५ जना सीमाबाट पक्राउ परेका छन् ।

ट्युबको सहारामा महाकाली नदी तरेर माहाकाली नगरपालिका आइपुगेका उनिहरुलाई सशस्त्र प्रहरी सीमा सुरक्षाबलले पक्राउ गरेका हुन् ।

बुधबार अपरान्ह सशस्त्र प्रहरी सीमा सुरक्षा वल बोडर आउट पोष्ट दोधारा चाँदनीको टोलीले माहाकाली नगरपालिकाको वडा नम्बर ७ को सीमा क्षेत्र कञ्चनभोज नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका हुन् ।

उनीहरु लकडाउन भन्दा अगाडी भारतबाट गड्डाचौकी हुँदै धनगढी पुगेका बताईएको छ् । सीमा क्षेत्र सरकारले कडा बनाउने निर्देशन पछि माहाकाली नगरपालिकाको झण्डै ३५ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी रातदिन ड्युटी कडा बनाएको छ ।

महाकाली नदीबाट ट्युबमा तरेर पुल पारी माहाकाली नगरपालिकामा आएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले जानकारी दिएका छन् ।

उनिहरु सबै मुज्फरपुर उत्तर प्रदेश भारतका निवासी बताईएको छ् । उनिहरुलाई माहाकाली नगरपालिका वडा नं. ५ स्थित रहेको भानु बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारी बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here