‘कोरोना महामारीले भयावह रुप लिन सक्छ, सजग रहौं’

काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोेरोनाले नेपालमा महामारीले भयावह रुप लिन सक्ने बताएका छन् ।

२५६४ ओं बद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गदै ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार एक सन्देश जारी गर्दै भनेका छन्, सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन ।

तर, भयावह हुनसक्ने लक्षणहरु छन् । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’

सन्देशमा भनिएको छ -‘आज विश्व शान्तिको चाहनामा तड्पिरहेको छ र बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेका छन् ।

हाम्रो देशमा केही दिन अघि मात्रै फेरि पनि चार जना निर्दोष बालबालिकाहरु बम विस्फोटको अचानक शिकार भएर आफ्नो ज्यान गुमाउन बाध्य भए । म उनीहरुप्रति अत्यन्तै संवेदनशील भावका साथ श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

आज कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्‍याएको छ । संक्रमितहरुको संख्या बढ्दो छ र त्यसबाट ज्यान गुमाउनेहरुको संख्या पनि बढ्दो छ । यस दुःखद घडीमा म कोरोेना भाइरसबाट आफ्नो अमूल्य जीवन गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु । र, संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु ।

सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन् । यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।

यस घडीमा म गौतम बुद्धको स्मृति र सम्मानमा उहाँका शान्तिका सन्देशहरु हामी सबै मिलेर सम्प्रेषण गरौं भन्ने आग्रहका साथ दिंवगतहरुप्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थयकर्मीहरु, स्वयंसेवीहरु र यस कार्यमा सहयोगी हातहरु बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन आजको दिन आआफ्ना संस्थाहरु र आआफ्ना घरहरु, निवासहरुमा दीप प्रज्वलन गर्न र शान्तिको कामना गर्न ७ बजे दीप प्रज्वलनका लागि म सबै दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह र अनुरोध गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here