भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार नाघ्यो, एकैदिन ३५ सय थपिए

काठमाडौं, २५ बैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५२ हजार नाघेको छ।

बुधबार एकैदिन ३५ सय थर्पिसँगै संक्रमितको संख्या ५२ हजार ९ सय ६७ पुगेको छ। यस्तै संक्रमणका कारण १ हजार ७ सय ११ जनाको ज्यान गएको छ। बुधबार एकैदिन ९८ जनाले ज्यान गुमाएका थिए ।

महाराष्ट्र, गुजरात र दिल्ली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्।

महाराष्ट्रमा बुधबार १ हजार २ सय ३३ नयाँ केस पुष्टि भएसँगै त्यहाँ संक्रमित संख्या १६ हजार ७ सय ५८ पुगेको छ।

महाराष्ट्रलाई गुजरातले पछ्याइरहेको छ। त्यहाँ बुधबारसम्म संक्रमित संख्या ६ हजार ६ सय २५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here