कोरोना संक्रमितको संख्या ३८ लाख नाघ्यो, २ लाख ६४ हजारले ज्यान गुमाए

काठमाडौं, २५ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३८ लाख नाघेको छ ।

विहिबार विहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या ३८ लाख १८ हजार ८ सय २२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ६४ हजार ८ सय १४ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ९९ हजार २ सय ४४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७४ हजार ७ सय ९८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ६२ हजार ९ सय १८ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here