अनुमति विना भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्थालाई राष्ट्र बैंकले कारबाही गर्ने

काठमाडौं, २५ बैशाख । नेपाल राष्ट्र बैंकले अनुमति नलिई भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आएका संस्थालाई कारबाही गर्ने भएको छ।

भुक्तानी तथा फर्स्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न नपाइने प्रावधान रहेको भए पनि केही संस्थाहरुले अनुमति नलिई यस्तो कार्य गर्दै आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अनुमति नलिई भुक्तानी सम्बन्धि कार्य गर्नु गैर कानूनी भएकाले त्यस्ता कार्य गर्ने सबैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने केन्द्रीय बैंकले जनाएको छ।
त्यस्तै राष्ट्र बैंकले अनुमति प्राप्त संस्थाहरुबाट मात्र भुक्तानी कार्य गराउन सबैलाई आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here