लकडाउन प्रभावकारी बनाउन सशस्त्रकाे साइकल गस्ती

पप्पु गुरुङ्ग-

दोधारा, २५ बैशाख । लकडाउन प्रभावकारी बनाउन कञ्चनपुरमा सशस्त्र प्रहरी बलले साइकल गस्ती गरेको छ। कोरोना भाइरस (कोडिभ १९) रोकथामका लागि सरकारले आगामी ५ जेठसम्म पुनः लकडाउनको म्याद थप गर्ने निर्णयसँगै सशस्त्र प्रहरीले साइकल गस्ती सुरु गरेको हो।

पछिल्ला दिनहरुमा नागरिकबाटै समाजिक दूरीको बेवास्ता गर्दै लकडाउन उल्लंघन हुन थालेको भन्दै सशस्त्रले साइकल गस्तीमार्फत कडाइ गरेको हो।

सशस्त्र प्रहरी प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले जिल्लाभरि साइकल गस्ती गर्न मातहतका निकायलाई निर्देशनसमेत जारी गरेको छ।

बुधबार शैलेश्वरी गणका गणपति वीरसिंह साहुले शुक्लाफाँटा नगरपालिका ५ वनसमिति शैलेश्वरी गणदेखि कञ्चनपुरको पूर्वी सीमासम्म साइकलमार्फत गस्ती गरेका थिए।

माहाकाली नगरपालिकाको मुल सडक खण्ड तथा नेपाल–भारत सिमा क्षेत्र दशगजा क्षेत्रमा साइकल गस्ती गरिएको छ् । समान्यतया सशस्त्र प्रहरीमा उपल्ला दर्जाका वा कमाण्डरहरुले साईकल शोकका लागि चढ्ने भएपनि ३५ नम्बर गणका गणपति शाहु शसस्त्र प्रहरी जवान संगै साईकल चलाएर गएका थिए ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीको साईकलमा गस्तीलाई बाटो देखाउदै अघि हिडेका थिए ।

झण्डै १५ जना सशस्त्र प्रहरीको साईकल माहाकाली नगरपालिकाका बस्ती, सिमा तथा मुल सडकमा गुड्यो । सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षकले लकडाउन प्रभावकारी बनाउनका लागि साइकल गस्ती समेत गरिएको बताए ।

उनका राजमार्ग, सीमा क्षेत्र, वन क्षेत्र, ग्रामीण भेग बस्ती र बजार क्षेत्रमा सशस्त्र प्रहरीले साईकल गस्ती गरेर अपराध न्युनिकरणका लागि भूमिका निर्वाह गरेको बताए ।

माहाकाली नगरपालिकाको सीमा क्षेत्रमा समेत सशस्त्र प्रहरीले जनशक्ति बढाएको छ । माहाकाली नगरपालिका क्षेत्रमा ४ स्थानमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना गरि सीमा क्षेत्रमा चौबिसै घण्टा निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागी माहाकाली नगर क्षेत्रमा सशस्त्र प्रहरीको काममा चौतर्फी प्रशंसा गरिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here