२४ घण्टामा १४ सय ५१ जनाको परीक्षण, संक्रमित शून्य

काठमाडौं, २५ बैशाख । पछिल्लो २४ घण्टामा साढे १४ सय जनाको कोरोना परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएपनि नयाँ संक्रमण देखिएको छैन् ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाको अनुसार अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ५ सय ९ वाटा परीक्षण भएका छन् ।

यस्तै ५४ हजार ९३ जनाको आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

प्रदेश नम्बर १ मा ६ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ४८ र बागमती प्रदेशमा ९ हजार ४४ जनाको आरडिटी परीक्षण भएको छ ।

देशभर १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेको छन् । आइसोलेसन १ सय ३३ जना रहेको जानकारी दिए। रेड जोनमा ३ सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ।

अहिले नेपालमा संक्रमितको संख्या ९९ जना रहेको छ । जसमा ७१ पुरुष र २८ महिला रहेका छन् । यसअघि बुधबार पर्साको वीरगन्‍जमा दुई महिने बालकसहित १७ जनामा संक्रमण देखिएको थियो ।

अहिले प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा ३० बागमती ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here