थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं, २६ बैशाख । नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here