कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, एकैदिन ९६ हजार थपिए

काठमाडौं, २७ बैशाख । विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । शनिवार बिहानको तथ्यांक अनुसार एकैदिन ९६ हजार १८४ जनामा नयाँ संक्रमण देखिएसँगै संक्रमितको संख्या ४० लाख ११ हजार ५८७ पुगेको छ ।

संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ५३ हजार १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ६६० जनाको अवस्था गम्भीर छ ।

विश्वका २१२ देशमा फैलिएको यो संक्रमणबाट ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्म २ लाख ७५ हजार ९३४ पुगेको छ ।

एकैदिन ५ हजार ५०८ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकमा १५ लाख ८१ हजार २५६ जना संक्रमित छन् । एकै दिन २७ हजार ५५६ जनामा नयाँ संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै एक हजार कम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here