भारतमा कोरोना सुरु भएपछि पाँच नेपालीद्धारा आत्महत्या, संक्रमणबाट एकको मृत्यु

काठमाडौं । कोरोना संक्रमण सुरु भएपछि भारतमा पाँच नेपालीले आत्महत्या गरेका छन्। दिल्ली र गुजरातमा गरी पाँच नेपालीले कोरोनाको त्रासको कारण आत्महत्या गरेका भारतिय सञ्चार माध्यमले जनाएको छ ।

सुर्खेत घर भइ गुजरात बस्दै आएका एकै परिवारका चार जनाले एक साता अघि आत्महत्या गरेका दूतावासले जनाएको छ। यसभन्दा अघि एक जनाले आत्महत्या गरेका थिए । त्यस्तै कोरोना संक्रमणको कारण भारतमा एक नेपालीको मृत्यु भएको छ।

पाल्पाको दारशिवाय घर भएका का ४५ वर्षीय दुर्गा थापाको उपचारको क्रममा मृत्यु भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

मृतक थापा रोजगारीको सिलसिलामा हरियाणामा बस्दै आएका थिए। कोरोना संक्रमण देखिएपछि स्थानीय अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अहिलेसम्म भारतमा बस्दै आएका २८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

भारतमा संक्रमण पुष्टि भएका २८ नेपालीमध्ये १३ जना उपचारपछि निको भइसकेका छन्। बाँकी १४ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ। भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म २१ सय भन्दा धेरैको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here