भारतमा कोराना संक्रमितको संख्या ६७ हजार नाघ्यो, एकैदिन ४ हजार थपिए

काठमाडौं, २९ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार नाघेको छ । आइतबार एकैदिन ४ हजार २९६ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ६७ हजार १६१ पुगेको हो ।

अहिलेसम्म २ हजार २ सय १२ जनाको मृत्यु भइसकेको छ । एकैदिन १११ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रमा एकैदिन १९४३ जना संक्रमित थपिएका छन् । यो कुनै पनि प्रदेशमा थपिएको सबैभन्दा उच्च हो ।

त्यसमा तमिलनाडुमा ६६९ जना संक्रमित भएका छन् । त्यस्तै गुजरातमा ३९८, दिल्लीमा ३८१, मध्यप्रदेशमा १५७ तथा राजस्थानमा १०६ जना थपिएका छन् ।

१९ हजार ३५७ जनालाई उपचार पछि निको भएको छ । त्यस्तै एयर इन्डियाका ५ पाइलटमा कोरोना देखिएको छ । उनीहरु कार्गो फ्लाइट लिएर चीन गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here