विश्वभर ४१ लाख ७६ हजार कोरोना संक्रमित, मृतकको संख्या २ लाख ८३ हजार नाघ्यो

काठमाडौं, २९ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ६७८ पुगेको छ । कोरोना भाइरसबाट ४१ लाख ७६ हजार ८८७ जना संक्रमित छन् ।

संक्रमितमध्ये १४ लाख ८७ हजार ४५४ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ७ हजार ५५५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४७ हजार १६ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७९ हजार ५२६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here