मासको दाल प्रतिकिलो २७१ रुपैयाँमा बेच्ने बिगमार्टलाई ३ लाख जरिवाना

काठमाडौं, २९ बैशाख । हात्तीगौंडामा रहेको बिगमार्टको आउटलेट कारबाहीमा परेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मासको दाल प्रतिकिलो २७१ रुपैयाँमा बेचेपछि तीन लाख जरिवाना तिराएको हो ।

विभागका अनुसार बिगमार्टलाई उपभोक्ता संरक्षण ऐनको दफा १६ (२) बमोजिम ३ जरिवाना तिराइएको जनाएको छ ।

सो दफामा अनुचित काम गर्ने सूचीमा बढी मूल्यलाई अनुचित भनिएको छ । त्यसो गर्नेलाई अनुगमनकर्ताले २ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म तत्कालै जरिवाना गराउन सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here