भारतमा रहेका आफन्तलाई फर्काउन माग गर्दै स्थानियबासी आन्दोलित

दोधारा, २९ बैशाख । दोधारा भारतमा रहेका आफन्तलाई स्वदेश ल्याउनु पर्ने माग अघि सारेर दोधारा चाँदनीमा फेरी आन्दोलन शुरु भएको छ ।

भारत लगाएत विदेशमा रहेका आफन्त भोकभोकै समस्यामा परेका आएका पनि सीमा क्षेत्रबाट फकाईदिएको भन्दै उनीहरुले आफन्तलाई स्वदेश प्रवेशको माग अघि सारेका आन्दोलन शुरु गरेका हुन् ।

माहाकाली नगरपालिका, प्रहरी र दोधारा प्राथमिक केन्द्रमा घेराउ गर्दै स्थानियहरुले नाराबाजी गरेका थिए ।

उनीहरुले भारत लगाएत विदेशमा आफन्तको विजोग हुँदा पनि नेपाल सरकारले वेवास्ता गरेको दुखेसो पोखेका छन् ।

माहाकाली नगर प्रमुख बीर बहादुर सुनारले जनताले उठान गरेको माग यस अघि नै नगरपालिकाले लिखितै लेखी प्रदेश सरकार र संघिय सरकारलाई पठाउनुको साथै मन्त्रीहरुलाई फोन गरि नगरपालिकाको समस्या जानकारी संग चाडै पहल गरिदिन आग्रह समेत गरेको बताएका छन् ।

संघीय सरकारको विषयमा स्थानीय सरकारले केही गर्न नसक्ने माहाकाली नगरपालिकाका नगर प्रमुख सुनारले बताए ।

तर स्थानीयहरुले भने आफन्त विदेशमा भोक भोकै संकटमा मरिरहदा पनि नेपाल सरकारले आफ्ना नागरिकको वेवास्ता गरेको दुखेसो पोखेका छन् ।

भोटका लागि विदेशबाट मगाउने र संकट पर्दा वेवास्ता गरिएको भन्दै विदेशमा रहेका आफन्तहरुले नेपाल सरकारको बिरोध गरेका छन् । आन्दोलनमा लकडाउनको उल्लंघन गर्दै सामाजिक दुरी समेत कायम गरिएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here