भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, नेपालसँग सीमा बिहारमा ७ सय बढि

काठमाडौं, ३० बैशाख । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म दुई हजार २ सय ९४ जनाको मृृत्यु भएको छ।

यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७० हजार ७ सय ६८ पुगेको छ। कोरोनाबाट संक्रमित भएका २२ हजार ५ सय ४९ जना भने उपचारपछि निको भएका छन्। तामिल नाडूमा एकै दिन ७ सय ९८ नयाँ संक्रमित थपिए जुन अहिलेसम्मको सबैभन्दा अधिक हो।

शनिवारमात्र ४ हजार ३ सय ८ जना संक्रमित देखिएका थिए भारतमा। सोमवार यो संख्या ३ हजार ६ सय ७ मा अडिएको छ। भारतको महाराष्ट्रमा कूल संक्रमितको एक तिहाई रहेका छन्।

भारतका चार राज्यहरु महाराष्ट्र, गुजरात, तामिल नाडू र दिल्लीमा मात्रै भारतका कूल संक्रमितको ६६ प्रतिशत रहेका छन्। भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७० हजार ७ सय ९३ पुगेको छ।

सोमवार गुजरातमा ३ सय ४७ र दिल्लीमा ३ सय १० नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा बढी महाराष्ट्रमा १ हजार २ सय ३० नयाँ संक्रमित थपिएका हुन्।

नेपालसँग सीमा जोडिएको भारती राज्य बिहारमा कोरोनाका थप ५३ संक्रमित भेटिएका छन्। यससहित बिहारमा संक्रमितको संख्याले ७ सयको सीमा पार गरेको छ। बिहारमा ७ सय ४९ संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here