४ अर्ब बराबरको नागरिक बचतपत्र विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, ३० बैशाख । नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८२ आगामी जेठ १ गतेदेखि विक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६-६ महिनामा हुने र बचतपत्र ५ वर्षे अवधिको हुनेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ ।

आगामी जेठ १ देखि २१ गतेसम्म विक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्कासन मिति भने आगामी जेठ २५ गतेका लागि तोकिएको छ ।

बैंकले २०८२ जेठ २५ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा २ प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here