काठमाडौं, ३१ बैशाख । बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंकहरु सीमित कार्यालयमात्र खुल्ने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएसँगै खुलेका कार्यालयहरु बिहीबारदेखि फेरि बन्द हुने भएका हुन् ।
सिमित शाखाहरु खोल्नका लागि राष्ट्र बैंकले बुधबार बैंकहरुलाई केही पास वितरण गरेको छ ।
पास लिएर मात्रै बैंकका कर्मचारीहरु आवातजावत गर्न पाउने छन् ।
बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा कार्यालयहरु नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।