थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं, ३१ बैशाख । नेपालमा थप २४ जनामा कोरोना संक्रमणको पृष्टि भएको छ । बुधबार गरिएको परीक्षमा रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार रुपन्देहीका २२ देखि ४१ वर्षका ९ जना पुरुषा र ४ देखि २८ वर्षका तीन जना महिला, कपिलवस्तुका २२ देखि ४२ वर्षका ८ जना पुरुष, पर्साका ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी एक मिहलामा संक्रमण देखिएको हो।

यसका साथै नवलपरासीका ३६ वर्षीय एक जना पुरुषमा पनि कोरोना देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

यसअघि बुधबार नै दुई जनामा कोरोना देखिएको थियो । देशभर कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । हालसम्म ३५ जना कोरोना संक्रमितको उपचार भएर घर फर्काइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here