टिचिङ अस्पतालमा उपचारत ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ

काठमाडौं, १ जेठ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ ।

उनी कपिलवस्तुकी बालिका भएको अस्पतालले जनाएको छ । कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् ।

ती बालिका टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । उनलाई नाक कान घाँटी विभागमा चेकजाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो ।

उनमा कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ । अस्पतालले औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन ।

अस्पतालका अनुसार उक्त बालिका ओपीडी हुँदै न्यूरोसम्म पुगेको भए अस्पतालमा थप सतर्कता अपनाउन र अनुसन्धान गर्नका लागि अस्पतालको प्रशासनले तयारी गर्दै गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here