टिचिङ अस्पतालको ‘ईनएटी’ विभागको न्युरो वार्ड सिल

काठमाडौं, १ जेठ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिपछि नाक, कान, घाँटी रोग विभाग (ईएनटी) को न्युरो वार्ड सिल गरिएको छ ।

कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएर भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएपछि सिल गरिएको हो ।

अस्पताल स्रोतको अनुसार उनलाई नाक, कान, घाँटी विभागमा जाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो । उनमा कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here