लकडाउनमा थप कडाइ, जिल्ला भित्रको सवारी पास पनि खारेज

काठमाडौं, १ जेठ । नेपालमा कोरोना संक्रमण बढेपछि सरकारले लकडाउनलाई थप कडा पार्ने निर्णय गरेको छ ।

बुधबार गृह मन्त्रालयमा बसेको बैठकले लकडाउनलाई कडा पार्नको लागि जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।

यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ ।

यस संगै सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला भर लागूहुने गरी जारी गरेको सम्पूर्ण पास समेत खारेज हुने भएको हो । यो निर्णय आगामी शनिवारबाट लागू हुने गृह मन्त्रालयले जनाएको छ ।

सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको दाबी गरिएको छ ।

बैठकले अब गृह मन्त्रालयले मात्र पास जारि गर्ने र पत्रकारहरुको हकमा सूचना विभागको कार्ड अनुवार्य आवश्यक पर्ने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here