काठमाडौंका सात वर्षीय बालकसहित थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं, १ जेठ । नेपालमा थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सात वर्षीय बालकमा कोरोना देखिएको हो।

ती बालक चन्द्रगिरी नगरपालिका वडास्थित दहचोक निवासी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here