कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, संक्रमितको संख्या ४५ लाख

काठमाडौं,१ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख नाघेको छ।

बितेको २४ घण्टामा ५ हजार २५९ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या तीन लाख तीन हजार ६२ जना पुगेको हो । संक्रमितको संख्या ४५ लाख २० हजार ६ सय ४९ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

गएको २४ घण्टामा ९४ हजार ९ सय ९४ जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्मको तथ्यांकअनुसार १७ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।

२५ लाख १६ हजार भन्दा धेरै संक्रमित उपचारको क्रममा छन्। जसमध्ये ४५ हजार ५ सय ६६ जना बिरामीको अवस्था गम्भीर छ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५९ हजार ६८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १८ हजार ६७२ पुगेको छ । एसियाली मुलुकहरुमा २५ हजार ५७३ जनाको मृत्यु भएको छ । ७ लाख ३८ हजार ९२० जना संक्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here